काठमाडाैं । नेपालमा चामलकाे मूल्य वृद्धि भएको छ । भारतले चामल निर्यातमा बन्देज लगाउने बित्तिकै नेपालमा मूल्य वृद्धि भएको हाे ।

मूल्य वृद्धि नियन्त्रणका लागि सरकारले धान चामल खरिद गर्ने निर्णय गरेको छ ।

सरकारले १० लाख मेट्रिकटन धान र १ लाख मेट्रिकटन चामल खरिद गर्ने निर्णय गरेको हो ।

उद्योग वाणिजय तथा आपूर्ति मन्त्रालयले खाद्य ब्यापार कम्पनी मार्फत खरिद गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

गत साउन ४ मा भारत सरकारले बासमतीबाहेक सबैखाले सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।नेपालमा भने भारतको सोही निर्णयलाई देखाएर व्यवसायीहरुले चामलको मूल्य अचाक्ली बढाइरहेका छन् ।

भारतले चामलको निर्यात रोक्दा नेपाली बजारमा चामलको अभाव हुनुका साथै मूल्यवृद्धि पनि थेगिनसक्नु हुने आकलन गरिएको छ । बजारको सोही अभाव परिपुर्तिको लागि सरकारी तहबाटै धान र चामल खरिद गर्न लागिएको हाे ।