काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षमा ३४ करोड ३७ लाख २१ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले आघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५२ करोड ७१ लख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
प्रकाशित विवरण अनुसार गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८० करोड ४१ लाख ६० हजार रुपैयाँ गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६९ करोड १२ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब २६ करोड ७५ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ३ करोड ९१ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकले ५० अर्ब ५६ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब १० करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकका अनुसार खराब कर्जा १.३९ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १०.५२ रुपैयाँ रहेको छ ।
बैंकको गत असारसम्म वितरणयोग्य नाफा २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ छ । सो आधारमा बैंकको लाभाश क्षमता ७.६२ प्रतिशत रहेको छ ।