काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९८.०९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको निक्षेप ५९.७५ प्रतिशत बढेको छ भने कर्जा लगानी २१.१७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५७.४० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९६.६६ प्रतिशत घटेको छ। यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४३.८७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०४.२३ प्रतिशत बढेको छ।
नाफासँगै बैंकको प्रतिशेयर सामान्य आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ७८ पैसा बढेर ३ रुपैयाँ ५३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९९.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३६६ रुपैयाँ ८ पैसा रहेको छ। बैंकको जगेडा कोषमा २३ करोड ५५ लाख रुपैयाँ सञ्चित छ।