काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा २४ दशमलव १४ प्रतिशतले कम भएकाे छ ।
बैंकको नाफा २४ दशमलव १४ प्रतिशतले कम हुँदै १ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी ७७ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब २१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ११ अर्ब १ करोड रुपैयाँ पुगेको छ । संचालन नाफा १५ दशमलव २४ प्रतिशतले घट्दै ३ अर्ब ०३ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा ८४ करोड ८३ लाख ऋणात्मक रहेको छ । २६ अर्ब २२ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा ११ अर्ब ३७ करोड रुपैयाँ र रिटेण्ड अर्निंङ्ग ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म निक्षेप संकलन ७८ दशमलव ७९ प्रतिशतले वृद्धि हुँदै ३ खर्ब १६ अर्ब पुगेको छ भने कर्जा प्रवाह ७७ दशमलव ३५ प्रतिशतले वृद्धि हुँदै २ खर्ब ७० अर्ब पुगेको छ ।
त्यस्तै कम्पनीको खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष १ दशमलव ११ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा ४ दशमलव ७७ प्रतिशत रहेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ४६ पैसा र प्रति शेयर नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ ।