काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार भएको छ।यस दिन आइएमई लाइफ (ILI) को शेयर प्रतिकित्ता ५२९ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको छ।
आइएमई लाइफ इन्स्योरेन्सको शेयर साउन १८ गते नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले पहिलो कारोबारका लागि आइएमई लाइफलाई न्युनतम १७६ रुपैयाँ ५३ पैसा देखि ५२९ रुपैयाँ ५९ पैसासम्मको ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही ओपनिङ्ग रेञ्जका आधारमा यस दिन यी कम्पनीको पहिलो कारोबार भएको हो।
यस्तै आज कारोबारको पहिलो दिनमै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार प्रतिकित्ता ५२९ रुपैयाँ ५० पैसामा कारोबार भएको शेयर दोस्रो बजारमा प्रतिकित्ता ५२.९० रुपैयाँले बढेर ५८२ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेप्सेमा आइएमई लाइफको १०० अंकित दरका कुल ४ करोड कित्ता सेयर सूचीकृत छ । नेप्सेले आइएमई लाइफलाई ‘आईएलआई’ कारोबार संकेत प्रदान गरेको छ ।