काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरुले ७० अर्बभन्दा बढी नाफा गरेका छन् । गत आर्थिक वर्ष वर्षको सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा बैंकहरुले ७० अर्ब १७ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २६.०५ प्रतिशत अर्थात् १४ अर्ब रुपैयाँ बढी रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

प्रकाशित वित्तीय विवरण अनुसार २ वटाको नाफा घटेको छ भने बाँकी १८ बैंकको नाफा बढेको छ । गत वर्ष सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा छ । नबिल बैंकको नबिल बैंकको ७६.८६ प्रतिशत बढेर ७ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकको ४६.२६ प्रतिशत बढेर ७ अर्ब २५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १४.५४ प्रतिशत बढेर ४ अर्ब ९१ करोड रुपैयाँ, एनआइसी एशिया बैंकको १०.३५ प्रतिशत बढेर ४ अर्ब ६५ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १३.१४ प्रतिशत बढेर ४ अर्ब २९ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५६.२७ प्रतिशत बढेर ३ अर्ब ५२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ४९.४५ प्रतिशत बढेर २ अर्ब २६ करोड रुपैयाँ र प्रभु बैंकको ४८.५४ प्रतिशत बढेर २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

यस्तै, कृषि विकास बैंकको ३९.२४ प्रतिशत बढेर ३ अर्ब ९ करोड रुपैयाँ, हिमालयन बैंकको ३७.९६ प्रतिशत बढेर ३ अर्ब २६ करोड रुपैयाँ, भरेष्ट बैंकको ३६.८५ प्रतिशत बढेर ३ अर्ब ३९ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३६.८२ प्रतिशत बढेर २ अर्ब ४२ करोड रुपैयाँ र सानिमा बैंकको २५.१३ प्रतिशत बढेर २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेका छन्।

यस्तै, नेपाल बैंकको १६.७ प्रतिशत बढेर ३ अर्ब ४१ करोड रुपैयाँ ,सिटिजन्स बैंकको १०.४१ प्रतिशत बढेर २ अर्ब २१ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ९.९१ प्रतिशत बढेर ३ अर्ब १९ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ९.७५ प्रतिशत बढेर १ अर्ब ८५ करोड रुपैयाँ र एनएमबि बैंकको ३.६३ प्रतिशत बढेर ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

गत वर्ष कुमारी बैंक र प्राइम बैंकको नाफा घटेको छ । गत वर्ष कुमारी बैंकको २४.१३ घटेर १ अर्ब ९५ करोड रुपैयाँ र प्राइम बैंकको १.०५ प्रतिशत घटेर २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

बैंकहरुले प्रकाशित वित्तीय वित्तीय अवस्था अनुसार ३ अर्ब भन्दा बढी नाफा कमाउनेमा ७ वटा , २ अर्ब भन्दा माथी नाफा कमाउनेमा ६ वटा र १ अर्ब भन्दा बढी नाफा कमाउनेमा २ वटा बैंक रहेका छन् ।