काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेकाे छ । इन्स्योरेन्सले विभिन्न शाखा तथा उपशाखाका लागि दक्ष तथा अनुभवि शाखा प्रमुखको माग गरेको हो ।

कम्पनीले कोशी, मधेश, बागमति, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशको विभिन्न शाखा तथा उपशाखामा रोजगारको अवसर खुलाएको हो ।

आवेदन दिनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

इच्छुक तथा योग्य ब्यक्तिले आफ्नो बायो डाटा सहित काम गर्न इच्छुक शाखा तथा उपशाखाको नाम समेत उल्लेख गरि ७ दिनभित्र [email protected] मा आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।