काठमाडौँ । भिभोले आफ्नो वाइ सिरिजमा नयाँं मोडलको वाइ २७ फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको साथ आएको यो वाइ २७ एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ ।

डुअल रिङ डिजाइन र २.५ डि फ्ल्याट फ्रेम रहेको यो वाइ २७ अरु स्मार्टफोन मोडलहरु भन्दा अलग देखिन्छ । जसले गर्दा आफ्नो साथीहरुको भन्दा अलग र छुट्टै फोन बोक्न चाहने युवा पुस्ताको चाहनालाई सम्बोधन गरेको कम्पनीको भनाइ छ ।

४४ वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्ने वाइ २७ मा ५००० एमएएचको ब्याट्रि रहेको छ । त्यस्तै यसमा नाइट टाइम चार्जिङ प्रोटेक्सन पनि रहेको छ । ६ जिबि र्याम र ६ जिबिको एक्स्टेन्डेड र्याम भएकोले गर्दा एपहरु स्विच गरिरहनु पर्ने, धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताहरूका लागि यो फोन विशेष रूपमा उपयोगी छ ।

नेपाली बजारमा यसको मूल्य रु २३,९९९ तोकिएको छ ।

यो मोडलमा इनोभेसन र क्राफ्टम्यानशिप प्रति भिभोको प्रतिवद्धता छल्किएको छ । राम्रोसँग काम गर्ने र हेर्दा राम्रो देखिने फोन खोजिरहेका उपभोक्ताहरुको लागि यो उपयुक्त छनोट हो । यसको एस्थेटिकले स्टाइल र प्रोफेसनलिजम खोज्ने उपभोक्ताहरुलाई चित्त बुझाउँछ ।