काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँड हुने भएकाे छ । कम्पनीकाे आइपीओ भोलि साउन २२ गते सोमबार बिहान १० बजे बाँडफाँड हुने भएको हाे ।
कम्पनीले साउन १ गतेदेखि १५ गतेसम्म बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गरेको थियो । उक्त आइपीओ प्रि अलोटमेन्ट सम्पन्न गरी भोलि बाँडफाँडको तयारी गरेको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले जनाएको छ ।
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा आइपीओ निष्काशन गरेको थियो ।
कम्पनीको आइपीओ २८ हजार ७४१ जनाले आवेदक ४३ करोड ४३ लाख ७० हजार ५५० रुपैयाँ बराबरको १८ लाख १७ हजार ४५० कित्ताका लागि आवेदन दिएका थिए । यो कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आइपीओको १.८९ गुणा बढी हो । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोला प्रथाबाट शेयर वितरण हुनेछ ।
कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ९ लाख ६० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । बाँकी रहेको ८६ लाख ४० लाख कित्ता शेयर म्युचुअल फण्ड, कर्मचारी र सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।