काठमाडौँ। सानिगाड हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि अनुमति पाएकोमा, सोमध्ये २८ लाख ५० हजार कित्ता चैत ८ गतेदेखि प्रभावित क्षेत्रका बासिन्दाका लागि खुला गरिएको हो।
यस अन्तर्गत १८ लाख ५२ हजार ५०० कित्ता अति प्रभावित क्षेत्र—बझाङको बुंगल नगरपालिका वडा नं। १, २ र ४ का बासिन्दालाई छुट्याइएको छ भने ९ लाख ९७ हजार ५०० कित्ता अन्य प्रभावित क्षेत्र ९वडा नं। ३, ५, ६, ७, ८, ९, १० र ११० का स्थानीयका लागि उपलब्ध गराइएको छ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आवेदन फाराम बुंगल नगरपालिकामा रहेको कम्पनीको पावर हाउसबाट प्राप्त गर्न सकिनेछ। साथै, लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका बझाङस्थित शाखामार्फत पनि फाराम बुझाउन सकिनेछ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।







