काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । एनएमबि बैंक लिमिटेडले १० हजार ७३२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

बैंकले संस्थापक शेयरधनी कमल राज सापकोटाको नाममा रहेको शेयर बिक्रीमा रहेको हो ।

बैंकका अनुसार उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने छन् । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर परिणाम समेत खुलाई कम्पनी सचिवको कार्यालय बबरमहल, काठमाडौंमा खरिद आवेदन दिन सकिने बैंकले जनाएको छ ।

शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने र म्यादभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिरको ब्यक्तिमा बिक्री प्रकिया अघि बढाइने बैंकले जनाएकाे छ ।