काठमाडौँ। प्रभु बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। चैत २७ गते बसेको बैंकको सञ्चालक समिति बैठकले विशेष साधारणसभा तथा नेपाल राष्ट्र बैंकलगायतबाट स्वीकृति प्राप्त भए उक्त सेयर जारी गर्ने निर्णय गरेको हो।
बैठकको निर्णय अनुसार प्रतिसेयर १०० रुपैयाँ दरका ५ करोड एकाइ अर्थात् ५ अर्ब रुपैयाँ बराबरको सेयर जारी गरिनेछ, जसमा संस्थागत लगानीकर्ता मात्र सहभागी हुन पाउनेछन् ।
शेयरको लाभांश दर ८.५० प्रतिशत तोकिने बैंकले जनाएको छ। उक्त लाभांश भने मुनाफा भएको वर्ष मात्र वितरण गरिनेछ।







