काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक वित्तीय विवरण अनुसार विकास बैंकले गत चालु आर्थिक बर्षको असार समान्तसम्ममा ५ अर्ब ८१करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा बैंकहरुको नाफा ६ अर्ब ३१ करोड रुपैयाँ बराबको नाफा कमाएको थियो । यो गत बर्षको तुलनामा ७.८३ प्रतिशतले कम हो ।

सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा शाइन रेसुङ्गा डेभलपेमन्ट बैंक रहेको छ । बैंकले गत बर्षको तुलनामा २१.२९ प्रतिशत नाफा बढाएर ७८ करोड ६८ लाख रुपैयाँ पुर्याएको छ ।

यस बैंककाे लाभांश क्षमता ११.३६ प्रतिशत रहेकाे छ । प्रतिसेयर आम्दानीमा शाइन रेसुङ्गा तेश्रो स्थानमा छ । यसको इपीएस १८.३७ रुपैयाँ रहेको छ ।

त्यस्तै वित्तीय विवरण प्रकाशित गरेकाे गरिमा विकास बैंककाे खुद नाफा १८.१९ प्रतिशतले बढेकाे छ । बैंककाे खुद नाफा १८.१९ प्रतिशतले बढेर १ अर्ब २१ करोड पुगेको छ ।

यस बैंककाे लाभांश क्षमता १०.७४ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानीमा गरिमा विकास बैंक पहिलो स्थानमा छ । यसको इपीएस २३.४७ रुपैयाँ रहेको छ ।

मक्तिनाथ बैंकले समिक्षा अवधिमा १ अर्ब ३६ करोेड रुपैयाँ नाफा आर्जन गरेको छ । मुक्तिनाथको लाभांश क्षमता १०.०३ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानीमा मुक्तिनाथ दोश्रो स्थानमा छ । यसको इपीएस २१.२४ रुपैयाँ रहेको छ ।

खूद नाफा आर्जनमा महालक्ष्मी विकास बैंकले ४७ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । महालक्ष्मी विकास बैंककाे लाभांश क्षमता ८.०६ प्रतिशत रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले ३८ करोड ३३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेकाे छ । त्यस्तै बैंककाे लाभांश क्षमता ७.६२ प्रतिशत रहेको छ ।

त्यस्तै ज्योति विकास बैंकले ५५ करोड ३२ लाख खुद नाफा आर्जन गरेको छ । यस बैंककाे लाभांश क्षमता ५.१८ प्रतिशत रहेको छ ।

कामना सेवा विकास बैंकले ४३ करोड ११ लाख रुपैयाँ खूद नाफा आर्जन गरेकाे छ । बैंककाे लाभांश क्षमता १.७७ प्रतिशत रहेको छ ।