काठमाडौं । शेयर बजारमा आज सामान्य गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३.२१ अंकले घटेर २,०४८.२६ को विन्दुमा कायम भएको छ ।

आज ११६ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय कम्पनीको शेयर मुल्य घटेको छ ।

त्यस्तै आज २६७ कम्पनीको ६६ लाख ४७ हजार १४३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको ४३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ६१५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज नेपाल रिपब्लिक मिडियाको ८ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सोल्टि होटल, एभरेष्ट बैंक, शिवम् सिमेन्टस्, महालक्ष्मी विकास बैंक, नबिल बैंक, अपर तामाकोशी, सानिमा बैंक र कुमारी बैंकमा लगानीकर्ताहरु झुम्मिएको देखिएको छ ।

आज सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले कमाएका छन् । आज नेपाल रिपब्लिक मिडियाको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रशिततका दरले कमाएका छन् ।

त्यस्तै, आज गुर्खाज फाइनान्स, स्वाभिमान लघुवित्त, रिभर फल्स लगायतका कम्पनीको शेयरमूल्य बढेको छ ।

आज सबैभन्दा धेरै छ्याङदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.४६ प्रतिशतका दरले गुमाएका हुन् ।

आज पिपल्स पावर कम्पनी, विजय लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।