काठमाडौं । आज शेयर बजारमा हरियाली छाएकाे छ । लगातार घटेको बजार आज दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ४१.०६ अंकले बढेर २,०६०.९१ को विन्दुमा कायम भएको छ ।

आज २ सय कम्पनीको शेयर मुल्य बढेको छ भने १८ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ ।

आज २६५ कम्पनीको ५० लाख १० हजार ७१६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई लाइफकाे शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीकाे शेयर मुल्य ५९७ रुपैयाँ रहेको छ ।

शिवम् सिमेन्टको ८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल रिपब्लिक मिडियाको ७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै सोल्टि होटल, अपर तामाकोशी, हिामलयन डिष्टिलरी, एभरेष्ट बैंक, नबिल बैंक, सिईडिबीको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.८३ प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै सुपरमादी हाइड्रोपावर लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मन्दाकिनी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेकाे छ ।

आज सबैभन्दा धेरै सेञ्चुरी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

त्यस्तै, लक्ष्मी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, स्वरोजगार लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।