काठमाडौं । नेपालकी सामाजिक अभियन्ता सरस्वती नेपाली ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड २०२३’ बाट सम्मानित भएकी छन् । अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालीलाई बुधबार अवार्ड प्रदान गरेकी हुन् ।

अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदको विरुद्धमा साहस र वकालत गरेकाले नेपालीलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ ।

सरस्वतीले दुई दशकदेखि नेपालमा दलितका विरुद्ध हुने गरेका जाति विभेदविरुद्ध निरन्तर अभियानमा क्रियाशील भएकाले उक्त अवार्ड दिइएको स्टेट डिपार्टमेन्टले जारी गरेको विवरणमा उल्लेख छ ।

सीमान्तकृत, अपांगता, गरिब र दलितका निम्ति मानव अधिकार र सामाजिक न्यायका लागि लडेकी सरस्वतीलाई यो अवार्ड प्रदान गरिएको हो ।

उनीसहित ट्युनिसिया, बंगलादेश, ब्राजिल, मोल्डोभो र पेरुका सामाजिक अभियन्तालाई पनि सोही अवार्ड प्रदान गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले प्रदान गरेको उक्त अवार्ड पाउने सरस्वती पहिलो नेपाली हुन् । रासस