काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले कमी आएको हो।

नयाँ दरअनुसार आज छापावाला सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँ कायम थियो।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ४९ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ।

चाँदीतर्फ पनि आज गिरावट देखिएको छ। शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँ रहेको चाँदीको भाउ घटेर आइतबार ५ हजार १० रुपैयाँमा झरेको छ, जुन १०५ रुपैयाँको कमी हो।

महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ९५ रुपैयाँ कायम गरिएको छ। बजारमा दुवै बहुमूल्य धातुको मूल्य घट्दा खरिदकर्ताका लागि केही राहत मिलेको देखिएको छ।