काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २० हजार ८८६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आफुने खरिद गर्ने कित्ता खुलाई आवेदन पेश गर्न सक्नेछन् ।
तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने संस्थाले जनाएको छ ।