काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जनलाई नियुक्त गरेको छ ।

कम्पनीको जेठ ८ गते बसेको सञ्चालक समिति बैठकले महर्जनलाई सीईओ बनाउने निर्णय गरेको हो ।

निर्णयअनुसार उनको कार्यकाल चार वर्षका लागि हुनेछ । उनी २०८३ जेठ १८ गतेदेखि २०८७ जेठ १७ गतेसम्म कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

कम्पनीले नेतृत्व परिवर्तनसँगै संस्थागत सुदृढीकरण र व्यवसाय विस्तारमा थप गति आउने अपेक्षा गरेको छ ।