काठमाडौं । ललितपुर महानगरपालिका–१२ स्थित लगनखेल बसपार्क आसपास नक्कली नोटको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहा जिल्लाको लहान नगरपालिका–१५ स्थायी घर भएका १९ वर्षीय सुरज राई रहेको प्रहरीले जनाएको छ। उनलाई वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी गौतम मिश्रका अनुसार पक्राउ परेका राईबाट ५ सय दरका ८ थान नक्कली नोट बरामद गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।






