काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुढानीलकण्ठ र काठमाडौँ महानगरको सीमा क्षेत्रमा सात तले कपन क्षेत्रको खोलामाथि डोजर चलाएपछि विवाद भएको छ । खोलामाथि राखेको स्ल्याब हटाउन काठमाडौँ महानगरले डोजर चलाएपछि विवाद भएको हो ।

बुढानीलकण्ठ क्षेत्रमा महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेको मेयर मिठाराम अधिकारीले जानकारी दिए ।

मेयर अधिकारीले भने, ‘महानगरले बुढानीलकण्ठ क्षेत्रको सात तलेमा डोजर चलाएपछि विवाद भएको हो । स्थानीयले डोजर चलाउन अवरोध गरेका हुन्, विवादपछि अहिले हामी छलफल गरिरहेका छौँ ।’

स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबीच झडप समेत भएको स्थानीयले बताएका छन् ।