काठमाडौं । नेप्सेमा घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता साधारण शेयर सूचिकृत भएको हो ।
जसमा सर्वसाधारण शेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ७९ लाख ४३ हजार ८०१ कित्ता (२० प्रतिशत) र संस्थापक शेयरधनीको ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता (८० प्रतिशत) रहेको छ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता २२६ रुपैयाँ ६१ पैसादेखि ६७९ रुपैयाँ ८३ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । कम्पनीको शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा आउनेछ ।