काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आव २०७९/८० मा १२ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको छ । जुन गत आवको भन्दा १ अर्ब ४ करोडले कमी हो।

प्राधिकरणले ०७८/७९ मा खुद नाफा १३ अर्ब ३७ करोड रुपैयाँ थियो । गत आर्थिक वर्ष २०७९र८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा घटेर १२ अर्व ३३ करोड पुगेको प्राधिकरणले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

गत आर्थिक वर्षमा शुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिव ८१ अर्व रुपैयाँ रहेकोमा अहिले बढेर करिव १ खर्व १८ अर्व रुपैयाँ पुगेको छ ।

प्राधिकरणको संचित नाफा ११ अर्वबाट बढेर ३६ अर्व ६७ करोड रुपैयाँ पुगेको छ । प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङ्कन कार्य सम्पन्न गरिएको छ ।

साथै, प्राधिकरणको तेश्रो वित्तीय पुनसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारि गर्ने प्रकृया अगाडि बढाउनुका साथै संस्थाको क्रेडिट रेटिङ ICRA बाट AA+ प्राप्त गर्न सफल भएको प्राधीकरणले जनाएको छ ।

उपयुक्त स्थानम उपयुक्त व्यक्ति भन्न अवधारणाका आधारमा जिम्मेवारी दिई ग्राहकलाई दिने सेवामा सुधार गर्न, विद्युत चुहावट नियन्त्रण, विद्युत् महशुल वक्यौता असुली लगायतलाई मानक मानी कार्यसम्पादनको व्यवस्थालाई निरन्तरता दिइएको छ ।

बजेट र खर्च नियन्त्रणको लागि केन्द्रीकृत भुक्तानी एवम् अनलाइन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाइएको छ । विगत दुई वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट करिब रु।४८ अर्व बराबरको रकम प्रसारण एवं वितरण प्रणालि विस्तार र सुधारमा लगानी गरिएको छ ।