काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक तथा डिपोजिटरीले आर्थिक वर्ष २०७९–८०का लागि सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो ।
यो योजनाका इकाइधनीहरुलाई करसहित १६ प्रतिशत नगद वितरण गरिने क्यापिटलले जनाएको छ । जसअनुसार १३ करोड ७६ लाख रुपैयाँ इकाइधनीहरुलाई वितरण गरिनेछ ।
कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक रहेको यो योजनाले विगत ३ वर्षमा इकाइधनीहरुलाई ६९ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको छ ।