काठमाडौं । आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज छापावाला सुन तोलामा १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कारोबार भएको छ ।
हिजो पनि सुनको मूल्य घटेको थियो । हिजो छापावाला सुनको भाउ तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ ।