काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गर्ने भएको हाे ।

बैंकले यही साउन २९ गते ८ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको छ । ऋणपत्र साउन २९ गते बोलकबोल मार्फत बिक्री गरिनेछ ।

यस ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्ने बैंकले जनाएको छ ।

यस ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ । ऋणपत्र २०८८ साउन २९ गते परिपक्व हुनेछ ।