काठमाडौं । गत आवको अन्तिम चौमाससम्ममा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन २ दशमलव ६४ प्रतिशत वृद्धि भएको छ। प्रथम बीमा शुल्क बापतको रकम २४.६३ प्रतिशतले घटेको छ । चालु आर्थिक बर्षको चौथौ त्रैमाससम्मा १४ वटा कम्पनीहरुले १ करोड ४१ लाख ३७ लाख ३ सय २१ वटा बीमा पोलिसी बिक्रि गरेर १ खर्ब ४२ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । गत आर्थिक बर्षको यहि अवधिमा कम्पनीले १ खर्ब ३८ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

गत आर्थिक बर्षको तुलनामा कुल बीमाशुल्क आर्जन वृद्धिदरको आधारमा हेर्ने हो भने आइएमई लाइफ, नेशनल लाइफ, सन नेपाल र सिटिजन लाइफ अग्रस्थामा रहेको छ । भने कुल बीमाशुल्क आर्जनको हिसाबले नेपाल लाइफ, एलआईसी नेपाल,नेशनल लाइफ,हिमालयन लाइफ अग्र स्थानमा छन् ।

यस अवधिमा पहिलोमा नेपाल लाइफ कम्पनीले असार मसान्तसम्ममा ३७ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको तुलनामा नेपाल लाइफको कुल बीमा शुल्क ५ दशमलव ४ प्रतिशतले मात्र वृद्धि भएको छ।

दोस्रोमा एलआइसी नेपालको १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ४ दशमलव १८ प्रतिशतले घटेको छ।

तेस्रोमा नेशनल लाइफको १६ अर्ब ४३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा १४ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै,चौथौमा हिमालयन लाइफले १४ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ४ दशमलव २५ प्रतिशतले घटेको छ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड कुल बीमा शुल्क आर्जन गएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ० दशमलव ४ प्रतिशतले मात्र वृद्धि भएको छ।

राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा १ दशमलव ९६ प्रतिशतले घटेको छ।

, एशियन लाइफले ७ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा २ दशमलव०१ प्रतिशतले मात्र वृद्धि भएको छ।

त्यस्तै सिटिजन लाइफले ५ अर्ब ८९ करोड कुल बीमा शुल्क आर्जन गएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ८ दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ।

, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६७ करोड कुल बीमा शुल्क आर्जन गएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ।

रुपैयाँ मेट लाइफले ५ अर्ब २६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ० दशमलव ५९ प्रतिशतले
मात्र वृद्धि भएको छ।

त्यस्तै, आइएमई लाइफले ४ अर्ब १८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा १८ दशमलव २६ प्रतिशतले मात्र वृद्धि भएको छ।

रिलायबल नेपाल लाइफले ३ अर्ब ७९ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ३ दशमलव ९१ प्रतिशतले घटेको छ।

सन नेपाल लाइफले ३ अर्ब ७८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ११ दशमलव ५९ प्रतिशतले वृद्धि भएको छ।

महालक्ष्मी प्रभु लाइफले ३ अर्ब ६५ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। कम्पनीको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा ८ दशमलव १२ प्रतिशतले घटेको छ।