काठमाडौं । नेशनल लाइफ इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ९ महिनाको अबधिमा कम्पनीले २९ करोड ६९ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा २५ करोड ५६ लाख थियो । नाफा १६ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ ।
यस अबधिमा कम्पनीले ११ अर्ब १३ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले १० अर्ब १७ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । एक वर्षको अवधिमा खुद बीमा शुल्क आर्जन ९ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ ।
४ अर्ब ६४ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ३२ करोड ९१ लाख रहेको छ । एक वर्षको अवधिमा जगेडा रकम करिब ३८ प्रतिशतले घटेको छ । जीवन बीमा कोष १८ दशमलव ८० प्रतिशतले वृद्धि हुँदै ५८ अर्ब २६ करोड पुगेको छ । एक वर्ष अघि जीवन बीमा कोषमा ४९ अर्ब ४ करोड थियो ।
यस्तै ,कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ५३ पैसा र प्रति शेयर नेट्वर्थ ११५ रुपैयाँ २६ पैसा छ ।