काठमाडौं । हिमालयन बैंक लिमिटेड साविक सिभिल बैंकका शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०५०/५१ देखि २०७४/७५ सम्मको नगद लाभांश लिन आउन बाँकी रहेका शेयरधनीहरुलाई आग्रह गरेको हो ।
लाभांश लिनका लागि शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र, विवरण, आवश्यक कागजात लिएर हिमालयन क्यापिटल लिमिटेड ठमेल र कर्मचारी संचयकोष भवन काठमाडौंमा सम्पर्क गरी लिनुपर्ने बैंकले जनाएको छ । लाभांश लिन बाँकी रहेका शेयरधनीहरुले सुचना प्रकाशित भएको १ महिनाभित्र नगद लाभांश रकम भुक्तानी लिन बैंकले आग्रह गरेको हो ।
१० वर्ष वा सोभन्दा बढी समयदेखि सञ्चालनमा नरहेको खाताहरु र ५ वर्षभन्दा अघिदेखि लाभांश लिन नआएका ग्राहकहरुको नामसहितको विवरण बैंकको वेबसाइटमा राखेको बैंकले जनाएको छ ।
बैंकले तोकेको यस समयभित्र पनि लाभांश बुझिलिन नआएमा कम्पनी ऐन अनुसार प्रक्रिया अगाडी बढ्ने बैंकले जनाएको छ ।