काठमाडौं । अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सुन तस्करीमा संलग्नताको प्रमाण ल्याउन चुनौती दिएका छन् । अर्थमन्त्रीले आफूमाथि अनावश्यक लाञ्छाना लगाइएको भन्दै प्रमाण ल्याउन चुनौती दिएका छन् ।

आइतबार कांग्रेस संसदीय दलको बैठकमा अर्थमन्त्री महतले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नतामात्र देखाए पदमा नबस्ने बताए । पार्टीकै कतिपय सांसदले आफूमाथि लाञ्छना लगाएको भन्दै उनले असन्तुष्टि जनाए ।

उनले नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद डा सुनिल शर्माको नाम नलिइ सांसदबाट राजीनामा दिनु पर्ने माग उचित हो भन्दै प्रश्न गरे । ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कोही पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ बस्दिनँ ’ उनले भने ।