काठमाडाैं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शुभित्रको सुन जोख्ने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार सुन जोख्ने तयारी गरेको हो ।

सुन जोख्नको लागि केहीबरमा ब्रेक शु रहेको बट्टा खोल्न लागेको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । उनले ब्रेक शु रहेको बट्टा खोल्न लागेको र स्याम्पलको रूपमा लाइभ नै देखाउँने पनि बताए ।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो । उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो ।