काठमाडौं । आज सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से ३.६१ अंकले घटेर दुई हजार ७७.२४ विन्दुमा कायम भएको हो ।

आज ६८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज २७९ कम्पनीको ५४ लाख १७ हजार ९२८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड १३ लाख बराबरको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सोल्टि होटल, घोराही सिमेन्टस, माछापुच्छे बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, शिवम सिमेन्टस, स्टान्डर्ड च्याटर बैंक र एशियन लाइफको शेयर आज सर्वाधिक कारोबार भएको छ।

आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् ।

अपर सांगे हाइड्रोका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपालका लगानीकर्ताले ७.४४ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै इन्फिनिटी लघुवित्त, इमर्जिङ नेपाल लगायतका कम्पनीको शेयरमूल्य बढेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको शेयरमूल्य ६.४६ प्रतिशतले घटेकाे छ । कम्पनीकाे प्रतिकित्ता ५३ रुपैयाँले घटेर ७६८ रुपैयाँमा कारोबार भएको छ ।

आज बुद्ध भुमि नेपाल हाइड्रोपावर, हिमालयन उर्जा विकास, शुभम पावर, सानिमा ग्रोथ फण्ड, अप्पर तामाकोशी हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।