काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ ।

ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो ।

अब त्यो सुनलाई यिनै निकायका प्रतिनिधिको रोहबरमा भोलि मंगलबार बिहान साढे १० बजे गालिने आचार्यले जानकारी दिए ।

राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो । सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जम्मा सीआईबीलाई लगाएको थियो ।