काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले चौथो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले २४ करोड ०८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यहि अवधिमा कम्पनी १२ करोड ८६ लाख रुपैयाँ खुद नाफामा थियो ।
कम्पनीको गत आर्थिक बर्षको तुलनामा खुद बीमा शुल्क आर्जन १६ दशमलव ४८ प्रतिशतले बढेको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ४ अर्ब ०१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन ३ अर्ब ४४ करोड थियो ।
कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब रहेको छ । कम्पनीको जीवन बीमा कोष ४३ दशमलव २५ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ६ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ४ अर्ब ७१ करोड रुपैयाँ थियो ।
समिक्षा अवधिमा कम्पनीको जगेडा कोष २४९ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ७७ करोड ६८ लाख रहेको जगेडा कोष गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ७१ करोड पुगेको छ ।
कम्पनीले हालसम्म १ अर्ब ६ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ०२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ०५ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ०२ पैसा रहेको छ ।