काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चौथो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २४ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो आवको भन्दा खुद नाफा १ दशमलव ०२ प्रतिशतलेबढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको बीमा कोष १० दशमलव ४९ प्रतिशतले बढेको छ । बीमा कोषमा १ अर्ब २७ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा बीमा कोषमा १ अर्ब १४ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ८ दशमलव ०३ प्रतिशतले घट्दै २६ करोड ५२ लाख पुगेको छ ।
कम्पनीको असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ६३ करोड १८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले गत आर्थिक वर्ष ४९ करोड ९८ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड छ । कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ५० पैसा रहेको छ ।