काठमाडौं । सन नेपाल लाइफले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले मुनाफामा उल्लेख्य बृद्धि गरेको छ । कम्पनीकाे व्यवसाय र जीवन बीमा कोष दुवैमा उल्लेख्य बृद्धि भएको छ ।

कम्पनीको जीवन बीमा कोष ४३.१६ प्रतिशतले बृद्धि भई तीन अर्ब ५१ करोडबाट पाँच अर्ब तीन करोड नाघेको छ । त्यस्तै, जगेडा कोष र महाविपत्ति कोष ६९.२८ प्रतिशतले बृद्धि हुँदा समग्र कोषको आकार छ अर्ब छ करोड ४३ लाख नाघेको छ ।

कम्पनीको बीमा व्यवसाय २८.०१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । समीक्षा अवधीमा कम्पनीको खुद बीमा शुल्क बृद्धि भई दुई अर्ब ५४ करोडबाट बढेर तीन अर्ब २५ करोड नाघेको छ ।

त्यस्तै, बीमा दावी भुक्तानी ४१ करोड ७९ लाखबाट बढेर ९१ करोड पुगेको छ ।

कम्पनीले लगानी, कर्जा लगानी तथा बीमालेख धितोमा कर्जा बापतको आम्दानी उल्लेख्य बृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्षमा ४५ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवमा ३२.६९ प्रतिशतले बृद्धि भई ६० करोड १६ लाख ९४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

त्यस्तै, कम्पनीको व्यवस्थापन खर्च १९ प्रतिशतले घटेर ५३ करोडबाट ४३ करोडमा झरेको छ । कम्पनीको मुनाफा १६३ प्रतिशतले बृद्धि भई २१ करोडबाट बढेर ५६ करोड पुगेको छ । त्यस्तै कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या बढेर चार लाख ४१ हजार ८६९ बाट बढेर पाँच लाख २६ हजार ७५६ पुगेको छ ।
समग्रमा कम्पनीले उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।