काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद भएको सुन गाल्न सुरु गरिएको छ । राजस्व अनुसन्धान विभागले साउन २ गते सुनसहितको १५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो जसलाई सोमबार ब्रेक सुबाट निकालेको थियो ।

आज (मंगलबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने प्रकृया सुरु गरिएको हो ।

गाल्नुअघि उक्त सुनमा टासिएको कालो पदार्थ झिकिने छ ।

एक क्विन्टल बढी सुन भएको अनुमान गरिएको भए पनि जोख्दा भने ६० किलो हाराहारी मात्र भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक सु बाट छुट्टयाएर जोख्दा सुन ६० किलो ७८९ ग्राम भएको हो ।