काठमाडौं । ठमेलको एलओडी ९लर्ड अफ् द ड्रिङ्क्स० नाइट क्लबमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । गत शुक्रबार उक्त अभियोगमा राजश्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको छ । गत शुक्रबार अपराह्न ४ बजेबाट सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको विभागले जनाएको छ ।

एलओडीले दैनिक गर्ने कारोबारको वास्तविक बिल बिजक जारी नगरी नियमित कर छली गरिरहेको सूचनाका आधारमा छापा मारेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

एलओडीका मुख्य सञ्चालक राजु सिंह सुवाल र रविन श्रेष्ठ हुन् । उनीहरु दुई जनाको एलओडीमा कानुनी रुपमा करिब ६० प्रतिशतको स्वामित्व छ । एलओडी विश्वका चर्चित क्लबमध्ये ४९ औं नम्बरमा पर्ने सञ्चालकहरुको दाबी छ ।

एलओडी नाइट क्लबका सञ्चालकहरु रुदीप श्रेष्ठ, भुपेन कुवँर, राजु सिंह सुवाल र श्याम सुन्दर अग्रवाललाई विभागमा हाजिर हुन पनि विभागले पत्राचार गरेको छ । सबैभन्दा धेरै कारोबार हुने भनिएको शुक्रबार एलओडी नाइट क्लबको वास्तविक ग्राहक र कर दाखिला प्रक्रिया सबै बुझ्न लामो अप्रेशन चलाइएको विभागले जनाएको छ ।