काठमाडौं । शेयर बजार आज भारी अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३१.८० अंकले घटेर २,०४५.४४ को विन्दुमा कायम भएको छ ।
आज २० कम्पनीको शेयर मुल्य बढेको छ भने २०१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २७८ कम्पनीको ५६ लाख ३ हजार १७९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको २० करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १८ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै सोल्टि होटल, आइएमई लाइफ, एभरेष्ट बैंक, हिमालयन लाइफ, नबिल बैंक, हिमालयन उर्जा, स्टान्डर्ड च्याटर बैंक र साना किसान लघुवित्तको शेयर सर्वाधिक काराेबार भएको छ ।
आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीकर्ताले ५.१८ प्रतिशतका दरले कमाएका छन् । नेपाल बैंक डिबेञ्चरका इकाईधनीले ३.८७ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै सिक्लेस हाइड्रोपावर, एनआइबिएल ग्रोथ फण्ड, एनआइबिएल समृद्धि फण्ड लगायतको शेयरमूल्य बढेको छ ।
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ७.६९ प्रतिशतका दरले गुमाएका हुन् ।
त्यस्तै आज थ्रीस्टार हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, इन्फिनिटी लघुवित्त, बुद्ध भुमि नेपाल हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।