काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर सूचिकृत भएको छ । नेप्सेमा धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भएपछि कायम हुन आएको ३ लाख कित्ता शेयर धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट सूचिकृत भएको हो ।

मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार पनि फुकुवा भएको नेप्से मार्फत जानकारी दिएको छ ।

मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता ७६८ रुपैयाँ ६१ पैसा मूल्य रेञ्ज प्रदान गरेको छ । कम्पनीको शेयर भोलिबाट कारोबारमा आउनेछ ।