काठमाडाैं । कामना सेवा विकास बैंकले लिलाम सम्बन्धी अनलाईन प्लाटफर्म संचालनमा ल्याएको छ । बैंकले बैंकिङ क्षेत्रमै पहिलो पटक लिलाम सम्बन्धी अनलाईन प्लाटफर्म KSBBL Auction Hub संचालनमा ल्याएको हो ।

बैंकले आज एक विज्ञप्ती जारी गर्दै साे जानकारी दिएकाे हाे ।

बैंकका अनुसार KSBBL Auction Hub मा बैंकले लिलाम सम्बन्धी सूचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित गर्दै आएकोमा अब भने उपरोक्त सूचना, लिलाममा चढेका तथा गैर बैंकिङ सम्पतिहरुको थप विवरण यस बैंकको वेवसाईटबाट समेत हेर्न सकिनेछ ।