काठमाडौं । नेको इन्स्योरेन्सले आर्थिक बर्ष २०७९÷८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । त आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा नेको इन्सुरेन्सको खुद नाफामा सामान्य सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १.५३% ले बढेर ५५ करोड ३१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षमा ५४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको बीमा कोष १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ३५ करोड थियो । समिक्षा अवधिमा कम्पनीले ५५ करोड ३१ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ४८ लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा सामान्य बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनील १ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले ८७ करोड १४ लाख खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ७९ पैसा छ ।