काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म कालिन्चोक दर्शनको नाफामा उल्लेख्य प्रगति देखिएको छ । अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवमा कम्पनीको नाफा ११४.९९ प्रतिशतले बढेर ३ करोड १९ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा १ करोड ४८ लाख ४० हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको आम्दानी ७ करोड ५९ लाख ४० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ५ करोड ६७ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको खुद आम्दानी ६ करोड ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ५ करोड ५ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी २ करोड ५ लाख ६८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ करोड ३८ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।
६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष १ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ९९ पैसा रहेको छ ।