काठमाडौं । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र“प्रेम गीत ३” र सामाजिक कथामा आधारित चलचित्र “चिसो मान्छे” अब डिशहोम गो एपमा उपलव्ध भएको छ । विभिन्न कारणवस हलसम्म गएर यीचलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोम गो एपमा आफुले चाहेको समयमा निशुल्क हेर्न सक्नेछन् ।

डिशहोम गो एप प्ले स्टोर वा एप स्टोर वाट आफ्नो मोवाइलमा निशुल्क डाउन लोड गरेर चलाउन सकिन्छ ।

साथै golive.dishhome.com.np मा लग इन गरेर ल्यापटप तथा कम्प्युटरमा समेत चलाउन सकिन्छ । त्यस्तै Android टिभिको एप स्टोरमा गएर गो एप डाउनलोड गरेर टिभिमा समेत गो एप चलाउन सकिन्छ ।

गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियनसिरिज लगाएत अन्य विभिन्न Exclushive Content हरु पनि उपलव्ध रहेको छ ।