काठमाडौं । लगानीकर्ताहरुले फेरि आन्दोलन गर्ने घोषणा गरेका छन् । भोलि साउन ३२ गते बिहीबार लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड घेराउ गर्ने भएका हुन् ।
लगानीकर्ताहरुले पूँजी बजारमा संकटमाथि संकट थप्ने धितोपत्र बोर्डका पदाधिकारी विरुद्ध प्रदर्शन गर्ने जनाएका छन् ।
लगानीकर्ता कोइरालाले फेसबुक मार्फत लेखेका छन्, ‘पूँजी बजार बचाउन फेरि मैदानमा नउत्रिई भएन, भोलि १० बजे सबै लगानीकर्ताहरु धितोपत्र बोर्डको कार्यालय खुमलटारमा भेला हौं । नत्र पूँजी बजार डुब्छ, के साना, के ठूला के संस्थागत सबैको लगानी खरानी हुनसक्छ ।’