काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीले ४३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ४८ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५७ प्रतिशतले बढेको हो ।

कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ६३ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बीमा कोष ४४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब ६० करोड ४९ लाख थियो । कम्पनीको महा विपत्ती कोषमा १५ करोड ५ लाख संचिती छ ।

समिक्षा अबधिमा कम्पनीको जगेडा कोषमा १ अर्ब ४७ करोड ९९ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १ अर्ब ९ करोड ९ लाख रुपैयाँ संचिती थियो ।

यस अवधिमा कम्पनीले ३ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ७७ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले ५६ प्रतिशत बढी दाबी तिरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७१ करोड ७७ लाख दाबी तिरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैयाँ ४४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १५८ रुपैयाँ २३ पैसा रहेको छ । कम्पनीको खुद बीमा शुल्कमा सामान्य गिराटव आएपनि अधिकांश सूचकमा उत्कृष्ट प्रगति गरेको छ ।