काठमाडौं । लक्ष्मी सनराइज बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले भदौका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । रेमिटेन्स बचतमा ८.४० प्रतिशत तोकेको छ ।

यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर १०.९३ प्रतिशत रहेको छ । बैंकको स्प्रेडदर ४.४२ प्रतिशत छ ।

बैंकका अनुसार १५ वर्षसम्मको होम लोन, होम इक्विटी लोन, एजुकेशन लोन, अटो लोन, पर्सनल लोन र टर्म लोनमा १२.९९ प्रतिशतदेखि १४.९९ प्रतिशतसम्म ब्याज तोकिएको छ ।