काठमाण्डौ । मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको उक्त प्रस्ताव पारित गर्न पाँचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ र उक्त सभा आगामी असार १ गते काठमाण्डौको सिनामंगलमा रहेको राइन होटलमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।सभामा सर्वसाधारणमा सार्वजनिक रुपमा सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने, कम्पनीको उद्देश्य थप गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।सभामा गत आवको वार्षिक प्रतिवेदन तथा सोही अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ...


