काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुलाउने तयारी गरेको छ। कम्पनीले जेठ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि सेयर बिक्री खुला गर्ने जनाएको छ। यसअघि पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको सेयर वितरण गरिसकिएको छ। अब बाँकी सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो। कम्पनीले कुल ३० करोड रुपैयाँ जारी पूँजीमध्ये २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँको आईपीओ जारी गर्न स्वीकृति पाएको छ। यसअनुसार १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ९० हजार कित्ता सेयर निष्काशन गरिनेछ। यसमा केही हिस्सा संस्थागत तथा कर्मचारीका लागि छुट्याइएको छ। सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ३९ हजार ५००...

छुटाउनुभयो कि ?