काठमाडौं– डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दशै–तिहार र छठ पर्वलाई लक्षित गरी इसेवा महाउत्सव इसेवाको कारोबारमा ‘नामीको दामी कार’ अफर घोषणा गरेको छ।
जस अन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरू मध्ये एकजना प्रयोगकर्ताले बम्पर उपहार अन्र्तगत नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्ने ईसेवाले जनाएको छ । त्यसको लागि प्रयोगकर्ताले इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गरेको हुनुपर्नेछ ।
यसका साथै इसेवाले, रु १०० को खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आइफोन १६ जित्न सक्ने पनि जनाएको छ । मात्र रू १०० मा यो खेल्न सकिने यो खेलमा सो रकम पनि प्रयोगकर्ताहरूले पछि मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउनेछन् । त्यसैगरी, दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिने पनि इसेवाले जनाएको छ ।
दैनिक अफर अन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रुपमा अफर आउने छ।
उक्त सेलमा प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्ने बताईएको छ ।
यस्तै साप्ताहिक रुपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलबार इसेवाका विभिन्न सेवाहरु मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सक्ने ब्यवस्था मिलाईको छ । इसेवाले सन् २००९ बाट नेपालको पहिलो डिजीटल भुक्तानी सेवा प्रदायक कम्पनीका रुपमा सेवा दिरहेको छ ।







